LATEST ARTICLES

अपाङ्गता दिवसको अवसरमा  पाेखरा -३ मा न्यानाे कपडा तथा खाद्यान्न वितरण

    पोखरा । ३४ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा  लायन्स  क्लब अफ कुमुद पोखराले अपांगता भएका ब्यत्तिहरुलाइ न्यानो कपडा  र खाद्यान्न बितरण गरेको छ। कायक्रममा प्रमुख अतिथि डिस्ट्रिक चिफ एडभाइजर लायन दुर्गा ढकाल,  अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष हेम बहादुर गुरुङ, पाेखरा महानगरपािलका  अपांगता  संजालका अध्यक्ष गंगा बहादुर खड्का, सृजनशिल अपांग समाजका अध्यक्ष फणीन्द्र प्रसाद पौडेल, सृजनशिल स्वावलम्बन कृषि सहकारीका अध्यक्ष जगन्नाथ सुवेदी लागायतले न्यानो कपडा बितरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै   नागरिक, अपाङ्गता, गरिब तथा विपन्न  नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि  प्रमुख अतिथि डिस्ट्रिक चिफ एडभाइजर लायन दुर्गा ढकाल ढकालले अपांगता भएका ब्यक्तिहरुलाइ सबैले सहयाेग हौसला र उत्प्रेरणा दिनुपर्ने बताउनुभयाे । अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष हेम बहादुर गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुलाई मूलधारमा ल्याउनका लागि कानुनी हिसावले वा अन्य कुनै कार्यक्रमको माध्यमबाट सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । पाेखरा महानगरपािलका  अपांगता  संजालका अध्यक्ष गंगा बहादुर खड्काले अपाङ्गता मैत्री व्यवहार र पूर्वाधार निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता बनेको बताउनुभयाे । सृजनशिल अपांग समाजका अध्यक्ष फणीन्द्र प्रसाद पौडेलले राज्यले अझै पनि  अपाङ्गता भएका व्यक्तिहरूका समस्याकाे उचित  संबाेधन गर्न नसकेको बताउनुभयाे । सृजनशिल स्वावलम्बन कृषि सहकारीका अध्यक्ष जगन्नाथ सुवेदीले अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर रहेकाे बताउनुभयाे। लायन्स  क्लब अफ कुमुद पोखराका अध्यक्ष टाेपमाया कार्की सुस्माकाे अध्यक्षतामा भएको कार्यक्रममा पाेखरा -३ लगायत विभिन्न ठाउँका अपांगता भएका २५ जनालाई न्यानाे कपडा तथा खाद्यान्न वितरण गरिएको अपांगता अधिकारकर्मी लायन संगीता कुवँरले जानकारी दिनुभयाे।

पत्रकार दिपेन्द्र शर्माको युद्ध पत्रकारिता सार्वजनिक

0

काठमाडौं । पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुस्तक लोकार्पण गर्दै बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् ।

दाहालले पुस्तकमाथि समिक्षा गर्दै पुस्तकले जनयुद्धमा जनपत्रकारहरुले खेलेको भूमिका साहसिक र अतुलनिय रहेको बताएका छन् । आफूले पनि जनयुद्धमा पत्रकारिता गरेको स्मरण गर्दै दाहालले भने,“बन्दुक र कलमको समायजोन, लडाई र पढाईको फ्युजन, बारुदर र मसिको घोलको समिश्रण आजको गणतन्त्र हो ।” जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरुले मात्रै नभएर मुलधारका सञ्चार माध्यमका संचारकर्मीहरुले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारि रहेको बताईन् । जनयुद्धको समयमा सञ्चार क्षेत्रलाई राज्यद्वारा आक्रमण गरेको र अहिले चौतर्फिरुपमा आक्रमण भइरहेको बताउँदै शर्माले भनिन्,“नागरिकको सहज सूचना पाउने अधिकारप्रति राज्य र सरोकारवाला पक्षहरु गम्भीर बन्नुपर्छ ।”

महेश्वर दाहालले नेपाली पत्रकारिताको इतिहासमा युद्ध पत्रकारिताको अभ्यास माओवादी जनयुद्धमा व्यापक भएको बताए । उनले सो पत्रकारितालाई संस्थागत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।
लेखका शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकारहरु सामेल भएर युद्ध पत्रकारिता गरेको र सो समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए ।

डा. पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

पाेखरा । नेपाली साहित्यमा कथा, लघुकथा, निबन्ध, समालोचना र समसामयिक लेखनमा कलम चलाउँदै आएका डा. टीकाराम पोखरेलको ‘अन्त्यारम्भ’ नामक कथासङ्ग्रह प्रकाशित भएको छ । कथामा प्रेम, यौन, जीवन, मानव मनोविज्ञान, मानवीय मूल्यमान्यवता, मानवताको ह्रास, राजनीतिक विक्रिति, विसङ्गति, समाजिक झिनाझम्टी, अपराध, अशिक्षा, अन्धविश्वास, अविकास र गरिबीबाट उत्पन्न विषम परिस्थितिहरुको उठान गरिएका छन् । कल्पनाभन्दा बढी भोगाई, असामाजिक लाग्ने यथार्थ र समाजका कुरीतिप्रति व्यंग्यात्मक प्रहार गरिएका कथाहरुमा यौनका बाछिटा, केही प्रेमका मिठास, केही राजनीतिका धब्बा, केही छलनीतिका कुरा, केही कृत्य र केही कुकृत्य, केही लोभ र केही पापका पाटाहरू समाविष्ट छन् । एक्काइस वटा कथाहरु समेटिएको कथा सङ्ग्रह सुन्दर स्वदेश प्रकाशनले प्रकाशित गरेको हो । पोखरलेको यो नवौँ कृति र दोस्रो कथा सङ्ग्रह हो । यसअगाडि पोखरेलको धोको (२०५६) प्रकाशित भएको थियो ।